Tuesday, October 17, 2017

पूर्व नेपालीहरुकाे राजनैतिक हस्तक्षेप र नेपाल सरकारकाे निरिहता

अनन्तप्रकाश  सुवेदी
चावाहिल काठमाडाै‌ं 

मानिस स्वभावत; अवसरकाे खाेजिमा हुन्छ । त्यही स्वभावका कारण नेपालमा जन्मेका र तिनका बाल बच्चाहरु संसारभर फैलिएका छन् । त्यसैले हामि विश्वकाे कुनै पनि मुलुकमा पुगियाे भने पनि एक्लाे महसुस गर्नुपर्ने दिन गएका छन् । एउटा चाेकमा पुगेर चिच्याउने भने पनि २।४ जना नेपाली भाषिहरु जम्मा भइहाल्छन् भनिन्छ । याे गर्व र खुसिकाे कुराे पनि हाे । अाशा गराैं अध्ययन र पैसा कमाउने विदेश पुगेका नेपाली दाजुभाइ केहि वर्ष विदेश बसेर अाफ्नाे केही अाकांक्षा पुरा गरेर अधिकांश अाकांक्षा स्वदेशमा नै पुरा गर्ने प्रतिवद्धता सहित फर्कनेछन् । तर बिडम्बना त्याे भइरहेकाे छैन ।

विश्वभर छरिएका गैरअावासिय नेपालीहरु अाफ्नाे जन्म भएकाे देशमा यसवर्ष दशैं मनाउन अाइपुगेका छन् । सबै त पक्कै अाएनन् तर NRN काे राजनितिसँग अाकर्षितहरुकाे ठुलै जमघट भएकाे हुनुपर्छ। काठमाडाैंमा त्याे मेला चलिरहदा र म स्वयं काठमाडाैंमा भइरहदा पनि त्यस जमघट वरपर पुगेर १।२ जना सेलिब्रेटिसँग फाेटाे खिचाउने रहर पनि जागेर अाएन । त्यसका लागि वहाँहरुसँग माफि माग्न चाहन्छु ।

नेपाल गरिब मुलुक हाे । किन भयाे गरिब त्यसका हजार कारण दिन सकिन्छ, त्यहिँ गरिबिकाे कारणले पनि धेरै बाहिरिएका हाेलान् । हुन त धनि मुलुकका नागरिकहरु पनि विभिन्न देश पुगिरहेका हुन्छन् । स‌ंयुक्त अधिराज्य अमेरिकाकाे नागरिकता त्यागेर बेलायत पुग्ने, बेलायतकाे नागरिकता त्यागेर अमेरिका पुग्ने, वा अन्य मुलुक जाने पनि हुन्छन् । त्यस कारण गरिवि मात्र त्यसकाे कारण नहाेला तर नेपालकाे हकमा त्याे मुख्य कारण हाे भन्छन् ।

NRI काे हावा भारतमा चलेसँगै याे नेपालमा पनि भित्राइएकाे हाे भन्ने मेराे व्यक्तिगत बुझाइ छ । यस्ता संगठनकाे अार्थिक सम्बृद्धि हासिल गराउन नेपाल जस्ताे गरिब मुलुकलार्इ अावश्यक पनि हाेला । भारतले NRI सम्बन्धि संघ-संस्था मार्फत धेरै ठुलाे रकम अाफ्नाे मुलुकमा भित्राएर अार्थिक फाइदा लिएकाे तथ्या‌कहरु हामीले सुन्दै अाएका हाैं । त्यसैकाे सिकाे गर्दै NRN हरुबाट पनि नेपालले फाइदा लिन सक्छ भन्ने कपि पेस्ट अर्थविद्हरुकाे सल्लाहमा यसलार्इ निकै ठुलाे प्राथमिकतामा अगाडि बढाइएकाे छ । यसकाे केही फाइदा पनि पुगेकाे हाेला तर त्यसकाे केही नकरात्मक पक्ष पनि छन् । त्यसतर्फ सम्बन्धित पक्षकाे ध्यान जानुपर्छ भन्ने मेराे विशेष अाग्रह छ ।

१.  हिजाे पल भर पनि केहि नसाेचि नेपाली नागरिकता च्यातेर दाेश्राे देशकाे नागरिकता लिएकाहरुलार्इ राताे कार्पेट बिछ्याएर नेपाल सरकारले नै स्वागत गरेर ज्वाइलार्इ जस्ताे सम्मान गर्दा दु:ख सुख गरेर वर्षाैं वर्ष नेपालमा बसिरहेका अाम नागरिककाे हैसियत के हुन्छ । यसले नेपाली राष्ट्रियता कहाँ पुग्छ ?

२. संयुक्त राज्य अमेरिका जस्ताे ठुलाे अर्थतन्त्र भएकाे र जनस‌ंख्या पनि धेरै भएकाे मुलुकले अाफ्ना नागरिक कुनै दाेश्राे देशमा काम गरेर धन अार्जन गरिरहेकाे छ भने त्यसकाे फेहरिस्ता मगाएरै कर असुलि रहेकाे हुन्छ । बेलायतले अाफ्नाे कुनै नागरिक २ वर्ष भन्दा बढी कुनै अन्य मुलुकमा विना इजाजत बस्याे र त्याे बेलायत फर्कदा निकै ठुलाे हर्जाना तिराइ रहेकाे हुन्छ । चीनकाे कुरा गर्ने हाे भने झन कडा कानुन रहेकाे छ । यदि उसकाे कुनै नागरिक भिसाकाे म्याद नघाएर कुनै दाेश्राे मुलुकमा बस्याे भने यदि चित्तबुझ्दाे कारण राज्यसँग प्रस्तुत गर्न नसकेमा फाँसी सम्म भएकाे पाउँछाैं तर नेपालमा त्यस्ताे हामीले अाशा गर्ने अवस्ठा पनि छैन । विश्वभर छरिएका पूर्व नेपाली भनिएकाहरु संगठित भएर नेपाल सरकारलार्इ नै हल्लाइ रहेका छन्, हामी रमिते भएर हेरिरहेका छाैं ।
३‍्. सामाजिक संजालहरुमा नियाल्ने हाे भने बर्मामा बसेका नेपाली भाषिहरु, दार्जलिंगमा बसिरहेका नेपाली भाषिहरुलार्इ नेपाली हुन् भन्दा विराेधमा उत्रने केही असहिस्णु झुण्डहरु हरियाे डलर बाेकेर अाइरहेका भनिएका NRN हरलार्इ भने उपल्लाे स्तरकाे नागरिक र यहाँ बाचिरहेका अाम नेपालीहरु दाेश्राे दर्जाका नागरिककाे रुपमा स्विकारहेका छन् । याे व्यवहार नेपाल सरकारबाट नै भइरहेकाे पाइन्छ । जस्तै कुनै पनि नेपाली नागरिकले कुनै विशेष उद्याेग वा कल कारखानामा लगानि गर्न पैसाकाे श्राेत खुलाउन पर्ला तर NRN लार्इ त्याे अावश्यक पनि छैन । उसले त्याे जुन सुकै अवैध माध्यमबाट किन नल्याएकाे हाेस् ।

४. गएकाे स्थानिय निर्वाचनमा संभवत: एक पूर्व भारतिय जसले उताकाे नागरिकता त्यागेर कानुनत: नेपालकाे नागरिकता लिइ सकेका छन् र नेपाललार्इ नै अाफ्नाे कर्मभूमि र मातृभूमि स्विकारे, उनकाे प्रमुख संचार माध्यममा निकै खाेइराे खनियाे । तर यसपालिकाे संघ र प्रदेशकाे चुनावकाे उम्मेद्वार छनाैटकाे दाैरान अमुक राजनैतिक पार्टिले नेपाली नागरिता त्यागरे अन्य देशकाे नागरिकता स्विकारी सकेकाे व्यक्तिलार्इ सिफारिष गर्याे, त्याे सन्दर्भमा त्यति अालाेचना  मुख्य मिडियाहरुमा अाउन सकेन । यदाकदा समाजिक संजालमा यसले चर्चा पायाे । किनभने NRN काे माेटाे रकम मिडियाहरुले पनि पाइरहेका छन् ।

यस्ता धेरै नकरात्मक पक्षहरुकाे बारेमा थप चर्चा गर्न सकिन्छ । अझ अनुसन्धान नै गर्दै जाने हाे भने निकै भयंकर कुराहरु पनि बाहिर अाउन सक्छ । तर सरकारी तवरबाट र प्रमुख राजनैतिक दलहरुकाे तर्फबाट NRN हरु मार्फत अाउने पैसामा मात्र ध्यान दिइयाे भने लेखेर राखाै‌ं अबकाे एक।दुर्इ दशकमा नेपालमा बस्ने रैथाने नेपाली भन्दा NRN हरुकाे जनसंख्या बढि हुनेछ, उनिहरुले विदेशबाट नै सांसद उठ्नेछन् र सपथ पनि कुनै सामाजिक संजाल मार्फत सपथ खाएर कन्फ्रेन्स कल मार्फत मन्त्रिपरिषदकाे बैठक बस्नेछन् र देश उतैबाट चलाउने छन् र हामी त्यसैमा गर्व गरेर वीर गाेर्खालिकाे गाथा गाएर बस्नेछाैं ।


असाेज ३१, २०७४ मंगलवार ।


No comments: