Sunday, February 15, 2015

कृषि विश्वविद्यालयका प्राध्यापकहरुलाई पेडागोजिको तालिम

रामपुर (चितवन ) फाल्गुन ३ । 


अनन्तप्रकाश सुवेदी : विनरक इन्टरनेशनल फार्मर टु फार्मर भोलुन्टर कार्यक्रम अन्तर्गत रामपुर स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकहरुलाई कोर्ष निमाण, प्लालिनंग तथा अन्य आवश्यक एक हप्ते पेडागोजिको तालिम आइतबार सुरु भएको छ । 

यो तालिम अध्यापन जीवन सुरु गर्न लाग्नुभएका र भविष्यमा विश्वविद्यालयको नेतृत् वगर्न लाग्नुभएका नयाँ अनुहारहरुलाई अत्यन्त आवश्यक र फाइदाजनक रहेको कृषि संकाय डिन प्रा डा डिल्लि बराल तथा कार्यक्रमका प्रमुख अतिथिले बताउनुभएको हो । कार्यक्रम निरन्तर शिक्षा निर्देशनालयका निर्दशक प्रा मोहन शर्माको अध्यक्षतामा संचालन भएको थियो । 

कार्यक्रमको सहजिकरण यु एस ए आइडि फार्मर टु फार्मर कार्यक्रमका स्वयंसेवकहरु प्रा रिचार्ड ए एडवार्डस र प्रा म्यारी एडवार्डसले गर्नुहुने छ । टेक्सास विश्वविद्यालयमा तीस वर्ष प्राध्यापन गरिसक्नुभएका एडवार्डसद्वयले कृषि तथा वनका प्राध्यापकलाई कसरी विद्यार्थिहरुलाई आफू प्रति आकर्षित गर्ने, कोर्ष विभाजन गर्ने र समयमा कसरी कक्षा संचालन गर्ने लगायतको रचनात्मक तरिका आफुले सिकाउने बताउनुभयो । 

कार्यक्रममा प्रा. दैनिक बहादु नेपाली, प्रा. मोहन शर्मा, विनरक इन्टरनेशनलका अनुगमन तथा मुल्यांकन विशेषज्ञ छन भट्टचन, कृषि तथा वन विषय अध्यापनरत शिक्षक शिक्षिका लगायतको सहभागि रहनुभएको थियो । कार्यक्रम विश्वविद्यालयको निरन्तर शिक्षा निर्देशनालयको संचालन र विनरक इन्टरनेशलनको संयोजनमा भएको हो ।

Published in : http://www.nareedarpan.com/2015/02/blog-post_15.html

2 comments:

Ananta Subedi said...

Please leave some comments in message box.

Dr Rebanta Kumar Bhattarai said...

Nice, Congratulation to all !