Friday, January 10, 2014

सुटुक्क कार्यलय सार्दै नार्क: कोशेवालीका कर्मचारीहरु आन्दोलित

चितवन,पुस २५– करिव ३५ वर्ष चितवनमा कार्य गरिरहेको राष्ट्रिय कोशेवाली अनुसन्धान कार्यक्रम बिना कुनै सार्वजनिक छलफल सुटुक्क बाँकेको खजुरा सार्ने नेपाल कृषि अनुसन्धान परिषद्को हचुवाको निर्णय प्रति चितवनका स्थानिय वासिहरु आक्रोशित हुनुका साथै कोशेवालीका कर्मचारीहरु पनि आन्दोलित भएका छन् । कोशेवालीमा कार्यरत सम्पुर्ण कर्मचारी विज्ञप्ति जारी गर्दै एकजुटका साथ आन्दोलित छन् भने वरिपरि फूलवारी, मंगलपुर, शारदानगर लगायत सम्पुर्ण चितवनका जनताहरु पनि आक्रोशित भएका छन् । राष्ट्रिय कोेशेवाली अनुसन्धान कार्यक्रमले मुसुरो, भटमास, बोडि, मुग, मास, मस्यांग, गहत, केराउ लगायत १० वटा विभिन्न वर्षे र हिउदे कोशेवालीको उत्पादन र उत्पादकत्व वृद्धिका लागि उत्नत विउ विजन उत्पादन लगायत विविध अनुसन्धानात्मक कार्यक्रमहरु गर्दछ । यि कोशेवाली मध्ये अधिकांश वालिहरुको राम्रो अध्ययन अनुसन्धान चितवनमा भइ रहेको र केही एक दुइ वटा बाहेक कुनै पनि कोशेवालिको उत्पादन र अनुसन्धान बाँकेको तुलनामा चितवनमा नै उपयुक्त हुने कोशेवालिका कृषि वैज्ञानिकहरुको भनाइ रहेको छ । काठमाडौंको खाल्डो बाहिर एक पटक पनि नटेकेका केही तत्वहरुको लहडमा मुलुकको कृषि अनुसन्धानमा नै दिर्घकालिन असर पर्ने यस्तो कदम चाल्नु भन्दा पहिले केही अध्ययन हुनु पर्ने र सार्वजनिक रुपमा छलफल भइ निर्णय लिनुपर्ने बुधवार रामपुरमा आयोजित एक छलफलमा कृषि विज्ञ तथा स्थानिय बासिहरुको कथन थियो । करिव ३५ वर्ष चितवनमा बसेर कृषि अनुसन्धानमा सकृय कोशेवालीलाई सुटुक्क चितवनबाट स्थानान्तरण गर्ने कदम कुनै पनि हालतमा नस्वीकारिने फूलवारी गाविसका स्थानिय कृषक कृष्ण श्रेष्ठको थियो । छलफलको क्रममा यो निर्णय भएको थाहा पाउने वित्तिकै सम्पुर्ण राजनैतिक दलका केन्द्रिय नेतृत्वलाई यसको गम्भिरताको बारेमा जानकारी दिलाईएको र यस प्रति सुनुवाइ नभएमा कडा भन्दा कडा संघर्ष गरिने वहाँको कथन थियो । नेपाल कृषि अनुसन्धान परिषद्को इतिहासमा नै पहिलो पटक बिना कुनै अध्ययन बाराको परवानिपुरबाट धान बालि अनुसन्धान कार्यक्रम धनुषाको हर्दिनाथ लगियो, त्यसमा सुधार हुनुभन्दा पनि धेरौ क्षति नै भएको कार्यक्रमका वैज्ञानिकहरुको जोड रहेको थियो । नेपालकै मध्य भागमा रहेको कोशेवालीलाई मध्येपश्चिम पुराउने हल्लाबाट पूर्वका सहकारीमा आवद्ध हजारौ किसानहरु पनि आक्रोशित भएको कोशेवालिमा कार्यरत कृषि वैज्ञानिक सुवास सुवेदीले छलफलको क्रममा बताउनुभयो । आफूहरु कार्यलयको कामको सिलसिलामा सिराह सप्तरी जाँदा सो अनुभव गरेको वहाँको कथन थियो । आफूहरु जागिरको क्रममा देशको विभिन्न भागमा पुगेर काम गरेको र हाल केही समयको लागि चितवनमा कार्यक्षेत्र रहेको हुँदा यसमा कार्यरत कर्मचारीहरुको निजी स्वार्थको लागि मात्र यो आन्दोलन नभएको कार्यलयका निमित्त प्रमुख राजेन्द्र दराइको तर्क थियो । आफूहरु को स्थानान्तरणको मुद्धालाई बहसमा ल्याउन चाहीरहेको र उपयुक्त वैज्ञानिक हल हुनुपर्नेमा वहाँको जोड रहेको थियो । कसैको निजि स्वार्थ र काठमाडौंको खाल्डो एक पटक पनि नछाडेका केही टाउकेहरुको सनकको भरमा यस्तो गतिविधि हुन नहुनेमा सम्पुर्णले जोड गर्नुपर्ने वहाँको आग्रह रहेको थियो । चितवनमा तराइको भुभाग, माडि जस्तो उपत्यका, काउले शक्तिखोर लगायतको पहाडि भूभाग भएकाले कोशेवालीको विभिन्न अध्ययन अनुसन्धान गर्न एक देश कै उपयुक्त क्षेत्र भएको र नेपालका हरेक कुनाका किसानका लागि समान पहुच पुग्ने जिल्ला पनि मध्ये भागमा रहेको चितवन नै देखिन्छ । अझ कृषि तथा वन विज्ञान विश्वविद्यालय पनि साथमा नै भएकाले कोशेवालीको अनुसन्धान कार्यक्रम बाकेमा सार्न भन्दा चितवनमा पनि अझ सशक्त रुपमा अगाडि बढाउन सम्पुर्णको जोड हुनु पर्ने देखिन्छ । संविधान सभा निर्वाचन भइ आफ्नो गतिविधि अगाडि बढाउन नपाइरहेको अवस्थामा हतार हतार कृषि अनुसन्धानलाई नै दिर्घकालिन असर पर्ने यस्ता गतिविधिहरु हतारमा अगाडि बढाउनुको सट्टामा व्यापक छलफल गरि बरु पूर्वी नेपाल, पश्चिम, मध्य पश्चिम र सुदुर पश्चिममा केही स्याटलाइट कार्यलय राखेर कोशेवालीको अनुसन्धानलाई अझ सशक्त रुपमा अगाडि बढाउनु उपयुक्त देखिन्छ ।
http://enepalese.com/view-news/6669.html
http://www.janapukar.com/news-2014-01-09-01-45-15-8024.html
http://butwalonline.net/?p=21124

 - See more at: http://www.ratopati.com/2014/01/09/103148.html#sthash.D9DjpISl.dpuf

No comments: