Thursday, December 5, 2013

सुशिलदाले गर्दा चितवन काँग्रेसमा विवाद बल्झदै


अनन्तप्रकाश सुवेदी, चितवन ।

अघिल्लो संविधानसभा चुनावमा तेस्रो भएका नेपाली काँग्रेसका वर्तमान पार्टी सभापति सुशिलदा यस पालि जसरी पनि जित्ने रणनितिका साथ उत्रिए र उठेको दुवै क्षेत्रमा सफल पनि भए । पार्टीको आन्तरिक गुटबन्दि र विवादका कारणले हारिन सक्ने र त्यसको स्वाद पनि चाखिसहेका सुशिल कोइराला यसपालि दुई ठाउँबाट त उठे तर यो कदम उनलाई निल्नु न वकल्नु हुँदै गइरहेको छ ।

बाँके सुशिलको गृह जिल्ला पनि भएको र बाँके काँग्रेसले बाँके ३ छाडेमा घरको इट्टा उक्काएर चितवन लान उर्दी जारी गरेपछि चितवन छाड्ने रणनिति नेपालि काँग्रेस केन्द्रले बनाएको सुइको पाउनसाथ चितवन काँग्रेसमा विवाद पुन चर्किने निश्चित रहेको जिल्ला समिति चितवनका जिम्मेवार काँग्रेसी कार्यकर्ता हाँका हाँकी बताउँछन् भने अब चुनावमा त्यति नहिडिने आफ्नो पक्षको मनखाएको उम्मेदवार नपर्ने चाल पाएका क्षेत्र नं ४ का काँग्रेसका धेरै कार्यकर्ता टोल छिमेकको चिया गफमा बताउँने गर्दछन् । 
निकै थोरै मतअन्तरले बाँकेमा जितिएकोले त्यसलाई छाडेर चितवनमा लड्दा सजिलैसँग जितिने नेपाली काँग्रेसले बताएता पनि चितवन क्षेत्र नं ४ को उपनिर्वाचनमा जित्न काँग्रेसलाई फलामको चिउरा चबाए सरह हुने निश्चित रहेको छ । एमाओवादीका स्थानिय कार्यकतौहरु सबै रुझेका बिराला जस्ता साँझ बिहान टोल छिमेकमा र सामाजिक कार्यक्रमहरुमा कम देखिए पनि अघिल्लो चुनावमा हार व्यहोरेकी एमाले तर्फकी प्रत्यासी दिलकुमारी रावलले भित्र भित्र चुनाव प्रचार सुरु गरिसकेकी स्रोतको दाबि छ । त्यसैले नेपाली काँग्रेसको अबको कडा टक्कर एमालेसँग पर्ने निश्चित रहेको छ । चितवनमा अप्रत्यासित नतिजा ल्याउँदै दुई ठाउँबाट चुनाव जितेको र अन्य दुइ क्षेत्रमा नै कडा टक्कर दिन सफल एमालेले आफ्नो महिला उम्मेदवारलाई पुनः उठाएर क्षेत्र नं ४ आफ्नो हातमा पार्ने पुरा दाउमा रहेको बताइन्छ र यसमा अन्य सम्पुर्ण दलहरुको पनि सहानुभुति उनले पाउने निश्चित रहेको बताइन्छ । तर चितवन काँग्रेसमा भने विवाद उग्र हुँदै गइरहेको छ । अधिकाँश खेलाडिहरु जो क्षेत्र नं ४ को लागि प्रत्यासि थिए तिनिहरुलाई समानुपातिक
नेपाली काँग्रेस पार्टी कार्यालय चितवन
फोटो : अनन्तप्रकाश सुवेदी
को लिष्टमा चडाएर कागजि सभाषदमा समिति बनाउन सफल रामकृष्ण घिमिरे नै एक मात्र विकल्प भनेर चर्चामा ल्याइए पनि भित्र भित्र उनको विरुद्धमा मोर्चाबन्दि सुरु भइसकेको जानकारहरु बताउँछन् । जनजातिहरुको राम्रो उपस्थिति रहेको यस क्षेत्रमा अब जनजातिको उम्मेदवार उठाउनु पर्ने तर्क पनि एउटा कुना बाट उठ्न थालेको छ र साथ साथै अघिल्लो चुनाबमा प्रत्यासिका लागि सिफारिस परेका २५ जना फेरि जुर्मुराउन थालेका पनि बताइन्छ भने रामकृष्णलाई दिन भन्दा बाँके ३ बाट कोइरालालाई छाड्न लगाएर त्यहाँबाट मुस्लिम महिला कोही उठाउनुपर्ने तर्क पनि कडा रुपमा उठीरहेको बुझिन्छ । यसका साथै पार्टि सभापति नै उठेर निरिह देखिएका बागी उम्मेदवार विकास कोइरालाको पनि प्रभाव दोस्रो चुनावमा अवश्य पर्ने अनुमान अधिकांशले गरेका छन् । निर्वाचित जिल्ला सभापति भइसकेका विकास कोइराला यसपालिको उपनिर्वाचनमा नेपाली काँग्रेसलाई हराउन सक्ने क्षमता राख्नेमा काँग्रेसको राजनिति बुझेका अधिकांशको राय रहेको छ । क्षेत्र नं ३ मा चितवनमा नेपाली काँग्रेसका पुराना नेता हार्नुको मुख्य कारण नै विकास कोइराला रहेको उनिहरुको तर्क रहेको पाइन्छ । त्यसैले दुइ ठाउँबाट चुनाव लडेर जितेका सुशिलदाका कारणले चितवन काँग्रेसको विवाद उग्र रुपमा चुलिएको छ । 

Published @ www.sancharkendra.com


No comments: