Sunday, August 24, 2014

चितवनका कृषक विषादी रहित कृषि तर्फ आकर्षित

अनन्तप्रकाश सुवेदी–भदौ ८–

जगतपुर-पश्चिम चितवनको जगतपुरमा रहेको केरुंगा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारीका कृषकहरु विषादी रहित कृषित र्फ आकर्षित हुन थालेका छन् । नेपाल जनस्वास्थ्य प्रतिष्ठानले शनिवार सहकारीको भवनमा आयोजना गरेको एक छलफल तथा अन्तक्र्रिया कार्यक्रममा किसानहरुले सो कुरा अभिव्यक्त गरेका हुन् । 
आफ्नो जीवन नै विषादी, किराफट्यांग्राा को अध्ययन, अनुसन्धान तथा अध्यापनमा बिताउनुभएका कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा. चन्द्रकिशोर मण्डल प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा नेपाल जनस्वास्थ्य प्रतिष्ठानका कृषि विज्ञ सुन्दर तिवारी, जिल्ला कृषि विकाश कार्यलयका रविन्द्र पौडेल, मेड नेपालका बाबुराम केसी, स्थानिय समाजसेवि हरिबाबु ढकाल लगायत सयका संख्यामा स्थानिय कृषक दाजुभाइ दिदीबहिनिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व सहकारीका अध्यक्ष कान्छा मल्लबाट भएको थियो । 
प्रतिष्ठानले निकै मेहनत गरेर चितवनमा हाल रहेको विषादीको प्रयोगको स्थितिको बारेमा बनाएको वृतचित्र प्रदर्शनी गरेर सुरु भएको सो छलफल कार्यक्रममा किसानहरुले विषादीले मानव स्वास्थ्यमा साच्चि नै हानि पु¥याउने भएकाले यसको विकल्प आफूहरुले खोजेको धारणा राखेका थिए । त्यसको लागि सहकारीले आवश्यक परेमा आफैं लगानि पनि गरेर अघि बढ्ने सहकारीका अध्यक्ष कान्छा मल्लले बताउनुभयो । 
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रा मण्डलले विषादी सकेसम्म प्रयोग नै नगर्नु र गर्नु परेमा पनि उचित ध्यान दिँदै अत्याआवश्यक भएमा मात्र प्रयोग गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्नुहुँदै कृषि विज्ञ सुन्दर तिवारीले रसायनिक विषादीको सट्टामा निम जन्य विषादीलाई जोड दिँदै जानुपर्ने सल्लाह दिनुभयो । वहाँले किसानहरुले आवश्यक ठानेमा जैविक विषादी बनाउने तालिम दिन आफूँहरु तयार भएको बताउनुभयो । कार्यक्रममा रविन्द्र पौडेल, हरिबाबु ढकाल, हीरालाल अधिकारी, बाबुराम केसी लगायतले आफ्नो मन्तव्य दिनुभयो ।

No comments: