Friday, October 8, 2010

चितवन पनि भारतको निशानामा, नेपाली कहिलेसम्म निरिह


http://www.pokharanews.com.np ले Friday, February 19, 2010, 12:55 दिन मा सम्प्रेसन गरेको थियो, आजसम्म के भयो कस्ले खोज तलास गरेको छ ।

चितवनमा सीमा सुरक्षा कार्यालय स्थापना

चितवन, ७ फागुन/ चितवनको सीमा क्षेत्रको सुरक्षाका लागि जिल्लामा सीमा सुरक्षा कार्यालय स्थापना गरिएको छ ।दुईसय ३७ जना सशस्त्र प्रहरी रहने गरी पहिलोपटक सीमा सुरक्षा कार्यालय स्थापना गरिएको हो । कार्यालयले यही फागुनबाट आफ्नो नियमित कार्य सञ्चालन गरेको सशस्त्र प्रहरी उपरीक्षक गजेन्द्र शाहीले जानकारी दिनुभयो । चितवनको भरतपुरस्थित आँपटारीमा मुख्य कार्यालय स्थापनाको तयारी भइरहेको भए पनि तत्कालीन समयमा स्थान अभावको कारण पूर्वी चितवनको भण्डारामा रहेको सशस्त्र प्रहरी बल गढीमाई गण भण्डाराबाट दैनिक कार्य सञ्चालन गर्ने गरी कार्यालय स्थापना भएको उहाँले बताउनुभयो । तर्राईका सीमाक्षेत्रमा छिमेकी मुलुकहरूले अतिक्रमण गरिरहेका बेला चितवनमा सीमा सुरक्षाका लागि कार्यालय स्थापना गरिएको हो । कार्यालयमा २३७ दरबन्दीमध्ये ६२ दरबन्दी पूर्ति भइसकेको र अन्य प्रहरीहरू आउने क्रम रहेको गढीमाई गण भण्डाराका प्रमुख उत्तमकुमार थनेतले जानकारी दिनुभयो । चितवनको सीमा क्षेत्र ८० किलोमिटर रहेको छ । सो क्षेत्रमा झण्डै तीन बटालियन खटिने बताइएको छ । दक्षिण चितवनको माडी क्षेत्र र त्यस नजिक जोडिएका भारतीय सीमा नाकामा अतिक्रमण भएको तथ्य र्सार्वजनिक भएपछि चितवनमा पनि सीमा क्षेत्रको सुरक्षा आवश्यक भएको हो । सीमा क्षेत्रमा प्रत्येक २५ देखि ३० किलोमिटरको फरकमा पोष्ट राखिने जनाइएको छ । छ महिनाअघि बसेको मन्त्रिपरिषद्को बैठकले तर्राईका जिल्लाहरूमा सीमा सुरक्षा कार्यालय गठन गर्ने निर्ण्र्ाागरेपछि चितवनमा पनि कार्यालय स्थापना गरिएको हो । तर्राईका अन्य १८ जिल्लामा यसअघि नै सीमा सुरक्षा कार्यालय स्थापना भइसकेको छ ।

No comments: